लमजुङ : लमजुङको दोर्दी गाउँपालिका–८, बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ ।
गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त भएकाले बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
चुलोमा बलेको आगो निभाउन बिर्सिंदा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।आगलागीबाट छाप्रोनजिकै रहेका सात भेडा, तीन भैँसी र ६ राँगा समेत घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?