व्यासले १८ र १९ गते काेभिड विरुद्ध बुस्टर खाेप अभियान चलाउने

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले काेभिड १९ विरुद्ध विरुद्ध बुस्टर खाेप  फागुन १८ र १९ गते अभियान सञ्चालन गर्ने भएकाे छ । व्यासका सबै वडामा रहेका स्वास्थ्य संस्था मार्फत खाेप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ।

कोभिड १९ विरुद्धको पहिलो श्रृङ्खला (ज्यान्सेन खोपको एक मात्रा र अन्य कोभिड विरुद्धको खोपको हकमा दुई मात्रा) पूरा गरी ३ महिना भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो बुस्टर खोप लगाउन मिल्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिए ।

त्यस्तैगरी पहिलो बुस्टर प्राप्त गरेको ६ महिना पूरा भई उच्च जोखिममा भएका तोकिएका लक्षित समूहलाई दोस्रो मात्रा बुस्टर खोप दिन मिल्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?