नारी दिवसको अवसरमा महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने

दमौली : तनहुँको व्यास नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि खुल्ला महिला हाफ म्याराथन गर्ने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले फागुन २४ गते तेस्रो महिला खुल्ला हाफ  म्याराथन प्रतियोगिता गर्ने लागेको हो ।

व्यास नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवर्द्धनका लागि भन्दै विगत केहि समय देखि म्याराथन गर्दै आएको छ ।

प्रथम पुरस्कार नगद रु.४१ हजार ७९ , द्वितीय पुरस्कार रु. ३१ हजार ७९ , तृतीय पुरस्कार रु. २१ हजार ७९ र ३ जनालाई सान्त्वना पुरस्कार रु. ११ हजार ७९ का प्रदान गरिने नगरपालिकाले जनाएको छ।

व्यास गुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवार म्याराथनको समापन हुनेछ।

उक्त दूरी २१ किमीको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?