दमौली : दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादाके आधार निर्माण गरौ भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम वन्दिपुरमा शुरु भएको छ ।
नेपाल कम्युनिष्ठ पार्टी (एमाले)का जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको पार्टीको उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रशिक्षण कार्यक्रममा वोल्दै पार्टीको उपमहासचिव ज्ञवालीले समाजमा पुँजीपति वर्गको समुल अन्त्य नभएको र समाजवाद उन्मुखको चरणमा रहेको वताए । अझै पनि देशमा परिवर्तनकामी शक्ति र परिवर्तन विरोधी शक्तिको विचमा शक्ति संघर्ष चलिरहेको हुदाँ त्यसलाई चिर्न न्यायप्रेमी जनता एकजुट हुनुपर्ने वताए ।
देश नेकपा एमालेको निति तथा सिद्धान्तमा अगाडी वढ्दै गरेको समेत वहाँले वताए । परिवर्तनलाई रोक्नका लागी यथास्थितीवादी लागेता पनि त्यो सफल नहुने समेत उनले वताए ।
विश्व राजनिती नै माक्र्सवाद विचारधारावाट अगाडी वढेको हुदाँ त्यसको लिगेसी एमालेले मात्र वोकेको वताए ।प्रशिक्षण कार्यक्रममा ज्ञवालीले महाधिवेशनवाट पारित सिद्धान्त, कार्यक्रम, कार्यदिशा र नीतिका वारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा हाम्रो सिद्धान्त–माक्र्सवाद–लेनिनवाद र जवज, जवजको कार्यक्रम, समाजवादको आधार निर्माणको कार्यदिशा, पार्टीको प्रमुख नितिहरु, नेपाली क्रान्तिको विशेषता, सीमा र आगामी वाटो सम्वन्धि प्रशिक्षण दिएका थिए ।
त्यसैगरी प्रमुख अतिथी ज्ञवालीले नेकपा एमालेका नेतृत्वमा स्थापित भएको उपलव्धी र लिगेसी, मुख्य अन्तरविरोध, श्रमजीवि र पुजीपति वर्ग, दलाल पुँजीपति सँगको अन्तरविरोको वारेमा धारणा राखेको थियो ।
आज र भोलि वन्दिपुरमा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी सचिव राजेश्वर ढकालले वताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?