दमौली : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरि बहादुर चुमानले गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा गर्नका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।
व्यास नगरपालिका -३ दमौलीको खुल्ला मैदानमा योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) तनहुँ जिल्ला कमिटीद्वारा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिता “प्रथम शहिद स्मृति कप “समापन गर्दै उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशबाट पहल हुने बताएका हुन् ।
खेलकुद मनोरन्जनमात्र नभइ अर्थव्यवस्था उकास्ने ठूलो माध्यम भएको उनको धारणा थियो। तनहुँको खेल अहिले खस्केकाले त्यो उकास्ने आफ्नो योजना रहेको उनले बताए।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?