एमालेकाे अवराेधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख विपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक सुरु हुनासाथ अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएकाे छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ गरेलगत्तै एमाले सांसदहरूले बेल घेराउ गरेका हुन् ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरू हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?