
दमौली : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत आज आदिकवि भानुभक्त क्याम्पसमा उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ ।
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्य तालिकाअनुसार आज बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ ।
साथै आज नै साँझ ५ः०० बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको क्याम्पस निर्वाचन प्रबन्ध संयोजक विजय खनालले जानकारी दिए ।
स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?