अनेरास्ववियु क्रान्तिकारी तनहुँको अध्यक्षमा महत

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा मिलन महत चयन भएका छन् ।

आइतबार दमौलीमा सम्पन्न २२ औ जिल्ला सम्मेलनबाट महतको नेतृत्वमा ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । उक्त  कमिटीका उपाध्यक्षमा नवराज विक, सुस्मिता केसी, विजय अछामी, आशिष बसौला,चयन भएका छन् ।

यसैगरी, सचिवमा कमल गुरुङ, प्रमिला पाटा, सह सचिवमा स्वस्तिका धिताल तथा कोषाध्यक्षमा सीता बराल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?