सबै पार्टीको आँखा हाम्रो पार्टीमा लाग्यो : पृथ्वीसुब्बा गुरूङ

नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले मुलुककै शक्तिशाली पार्टी भएकाले सबैका आँखा हाम्रै पार्टीमा लागेको बताए  ।नेपाली जनताको आवश्यकता र इच्छा अनुसार पार्टी फूटाएको नभई नेपाली काँग्रेस र माओवादीको इच्छा पुरा गर्न माधव नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आयोजनामा आइतबार भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाली जनताको ईच्छा र आवश्यकता पुरा गर्नलाई नभई अन्य पार्टीको स्वार्थ र इच्छा पुरा गर्न पार्टी फुटाएको बताए ।

उनले पार्टी लाई एकढिक्का र बलियो बनाउँदै लानुपर्ने कार्यकर्ताहरुलाई सुझाव दिएको छ । गुरुङले माधव कुमार नेपाल एकिकृत समाजवादी पार्टी लाई पिलोको संज्ञा दिएका छन् ।

“मान्छे स्वास्थ हुनको लागि रोगको उपचार गर्नु पर्छ तर यो पिलो भने आफै हट्दै गएकोमा हामी यसको चिन्ता लिनु पर्दैन'” उनले भने ।

त्यसैगरी भेलामा एमाले स्थायी कमिटी सदस्य किरण गुरूङ , गण्डकी प्रदेश कमिटीका सचिव एवम् पार्टीका पोल्टिब्युरो सदस्य जगत विश्वकर्मा , टुकराज सिग्देल , रामबहादुर गुरूङ , एकबहादुर राना , हसिना बेगम , दधिराज सिग्देल लगायतले पार्टीलाई एकताबद्ध बनाएर लानु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?