सुविधा सम्पन्न एपेक्स मल सञ्चालनको तयारीमा; बुकिङका लागि खुल्ला

तनहुँ जिल्लाको सदमुकाम दमौलीमा करिब ४५ करोड लागतमा निर्माण गरिएको एपेक्स मल सञ्चालनको तयारी गरिएको छ ।

सुविधा सम्पन्न मलमा किनमेल, मनोरञ्जन, खानपिनका साथै प्रविधियुक्त सिनेमा हल सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको एपेक्स मल्टीप्लेक्स प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए। कुल ४५ कोठा पसल क्षमता रहेको उक्त  महलमा १५ % बुकिङ भैसकेको समेत श्रेष्ठले बताए ।

“केही समय पहिला नै एपेक्स मललाई सञ्चालनमा ल्याउने तयारी गरेका थिएऔं तर कोरोना भाइरसको संक्रमणका कारण केही ढिलाइ भएको छ र अब  दशैं अघिनै यो मल सञ्चालन गर्नेछौ” उने भने ।

मलमा दुई वटा सिनेमा हल समेत निर्माण गरिएको र उक्त हलमा २ सय ३८ वटा र एक सय २० सिटका क्षमताको छुट्टाछुट्टै हलहरु निर्माण गरिएको छ । पूर्ण रुपमा एयर कन्डिसनयुक्त, सिसिटिभिको निगरानी र २४ सै घण्डा सुरक्षागार्डको उपस्थिती रहने बिजनेस हेड शुशिल न्यौपानेले जानकारी दिए । उनका अनुसार साताभरि नै सञ्चालनमा रहने उक्त मल बिहान ८ बजे देखि राति १० बजे सम्म सञ्चलनमा हुने बताए ।

मलको पूर्व पश्चिम दुवै तर्फ बाट प्रवेश गर्न र बाहिरिन सक्ने व्यवस्था गरिएको छ । मलमा व्यवसाय सञ्चालनको लागि पसल कक्षको बुकिङ भइरहेको र बुकिङ गर्नेहरू मध्येबाट एक भाग्यमानी बुकिङ कर्तालाई यामाहाको एउटा स्कुटर उपहार दिने समेत न्यौपानेले बताए ।

पसल कक्षा बुकिङ गर्नेहरूलाई पहिलो दुई महिना पसल सजाउने तयारीका लागि पूर्ण भाडामा छुट , तेस्रो महिनादेखि छैठौं महिनासम्म ४० प्रतिशत , सातौ देखि १२ औं महिनासम्म ३० प्रतिशत , १३ औं देखि १८ महिनासम्म २० प्रतिशत भाडामा छुट र तीन वर्ष सम्म भाडामा वृद्धि नगरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?