जो तीन दिन मात्रै आइजिपी बने

काठमाडौं : नेपाल प्रहरीका पहिलो आइजिपी तोरणशमशेर जबरा हुन् । सेनाको सहायक रथी रहेका उनले पहिलो आइजिपीका रूपमा इतिहास लेखाए पनि तीन दिन मात्र पदमा रहे ।

उनी ००७ मा २८ देखि ३० चैतसम्म आइजिपी रहेको प्रहरी प्रधान कार्यालयको रेकर्ड छ ।

सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने नवौँ आइजिपी खड्गजित बराल हुन् । ०२९ साउनमा नियुक्त भएका उनी ०३५ जेठसम्म ६ वर्ष नेतृत्वमा रहे । लामो समय नेतृत्वमा रहन पाएकाले नै उनले संगठनमा सुधारका काम गरे ।

आइजिपीको पदावधि चार वर्ष नै रहेकोमा राम्रो काम गरेकाले दुई वर्ष थपिएको थियो ।

 नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?