भोलिदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेजमा असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख दाहालको भनाइ छ ।

पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएकाे छ । यसअघि महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन भइरहेको थियो । अहिले नेपालमा त्रिविकाे सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?