
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज दमौली आउने भएका छन् ।
तनहुँ-१ मा सो पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवारी दर्ताका क्रममा सभापति लामिछाने दमौली आउन लागेका जिल्ला सभापति विकास सिग्देलले जानकारी दिए ।
जिल्ला सभापति सिग्देलले भने : सभापतिले चितवन -२ आफ्नो उम्मेदवारी दर्ता गरेर २ बजे उम्मेदवारी दर्ता गराउन दमौली आउने कार्यक्रम छ ।”
सभापति लामिछानेले केही समय दमौलीका कार्यकर्ता , सर्वसाधारण संग भेटघाट कार्यक्रम समेत रहेको सिग्देलले बताए ।
उम्मेदवार वाग्ले र पार्टीका सहमहामन्त्री एवं निर्वाचन संयोजक कविन्द्र बुर्लाकोटी आइतबार नै दमौली आइसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?