उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ ।

आउँदो वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?