
भिमाद : नेपाली कांग्रेस नगर कार्य समिति भिमादले भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी साथै भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीलाई विज्ञप्ती तथा ध्यानाकर्षण पत्र बुझाएको छ ।
शिक्षा शाखाबाट विभेदपूर्ण तरिकाले कार्यसम्पादन हुँदै आएको आरोप लगाउँदै नगरसमितिले आज शिक्षा शाखामा तालाबन्दी गरेको हो ।
भिमाद नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखाबाट विगत लामो समयदेखि हुँदै आइरहेको विभेदकारी अनियमितता पूर्ण कार्यसम्पादन शैली शिक्षा शाखाबाट मनपरी हर्कत प् देखिएको भन्दै तालाबन्दी गरिएको नेपाली कांग्रेस भिमाद नगरकार्य समितिका सभापति अरविन श्रेष्ठले जानकारी दिए ।
शक्ति र सत्ताको आडमा मनपरी गर्नेका बिरुद्द विपक्षमा उभिनु अनिवार्य त्रुटि सच्याउन दवाव स्वरूप भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको उनले बताए ।
शिक्षकहरुलाई प्राथमिकताको आधारमा विद्यालयमा नियुक्ति दिनुपर्नेमा सो नगरी सुगम ठाउँका विभिन्न विद्यालयहरुमा दरवन्दी सार्वजनिक नगरी लुकाई मनोमानी तरिकाले सरुवा गर्ने काम गर्नु जस्ता बुँदाहरु समावेश गरिएको छ ।
यस्तै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नगरपालिकाको गम्भीर ध्यानआकर्षण भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?