बिश्व महामारी कोभिड १९ कोरोनले थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउन तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न उदेश्यले आयोजना गरिएको नेपाल साईकल फेस्टिभल ईलामको श्रीअन्तु देखि मुगुको रारा सम्म गर्ने साईकल यात्रीको समूहलाई व्यास नगरपालिका , रोटरी क्लब अफ दमौली र साईकल स्टेशन दमौली लगायत बिभिन्न संघसस्थाले दमौलीमा स्वागत गरिएको छ ।
झापाको बिर्तामोड नगरपालिकाले पठाएको साचो व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेलाई हस्तान्तरण गर्दै विश्व साईकल यात्री पुष्कर शाहले ब्यास नगरपालिका द्वारा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै युवाहरुमा साईकलको महत्व बुझाउने उदेश्य तथा नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि साईकल यात्राको आयोजना गरेको उनले जानकारी दिए । नगरपालिका द्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले साईकल यात्री पुस्कर शाह हाम्रो लागि नया अनुहार नभए पनि स्वागत गर्न पाउदा आफुलाई खुशी लागेको उनले बताए । साईकल यात्राले देशका बिभिन्न पर्यटन क्षेत्रलाई माथि उठाउन सहयोग पुग्ने न्यौपानेले जोड दिए ।
उक्त स्वागत कार्यक्रममा उपप्रमुख मिरा जोशी , प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साईकल यात्रामा निस्कनु भएका यात्रीहरुलाई सफलताको शुभकामना दिएका थिए । साईकल यात्री पुष्करको अगुवाईमा ईलामको श्रीअन्तुबाट शुरु यात्रा मुगुको रारामा गएर टुंगिनेछ । देशैभरका युवा सहभागी यात्रामा दमौलीका युवा विनोद सापकोटा समेत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?