दमौली : आगामी बैशाख १० गते तनहुँ क्षेत्र नं-१ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन विद्यार्थी नेताहरुले आह्वान गरेका छन् ।
शुक्रबार संयुक्त रुपमा नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष सुरज लम्साल, अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष मिलन महत र अनेरास्ववियू तनहुँका अध्यक्ष राहुल नेपालीले प्रेस विज्ञप्ती जारी गरेका हुन्
संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सम्पुर्ण विद्यार्थी संगठनहरु एकिकृत रुपमा परिचालित हुन आवश्यक रहेको भन्दै चुनावी प्रचारप्रसारको समयमा आवश्यक ठाँउमा व्यापक परिचालन गर्न र गराउन आह्वान गरिएको छ ।
विद्यार्थी नेताहरुले आफु मातहतका सम्पुर्ण जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, पालिका, क्याम्पस इकाई, स्ववियू पदाधिकारी तथा सदस्यहरुलाई साझा उम्मेदवार भट्टराईलाई विजयी बनाउन आ–आफ्नो तहबाट लाग्न आग्रह गरेका छन् ।
जितका लागि सवैको सक्रिय योगदान र आवश्यक समन्वयनकारी भुमिका आवश्यकरहेको नेविसंघका अध्यक्ष लम्सालले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?