उम्मेदवार डा.स्वर्णिमले भने : अर्थतन्त्र उकास्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएको हुँ

दमाैली : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ -१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र उकास्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएको बताएका छन।

शनिबार आँबुखैरेनीमा  आयाेजित चुनावी सभामा बाेल्दै उनले आफु देशको अर्थतन्त्र उकास्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएको बताएका हुन् ।

वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरु गरिने बताउँदै तनहुँ जिल्ला पर्यटन, संस्कृतिक तथा धार्मिक क्षेत्रको रुपमा विकास गर्न सक्ने बताए ।  “यहाँका जनताले खानेपानी र बाटो बनाउने मात्र नेता  खोजेका होइनन्, ” उनले भने :” समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्,”।

उनले विश्वका धेरै देशहरुको उदाहरण दिएर नेपाल पछि परेको बताउँदै नेपालको आर्थिक सामाजिक लक्ष्यहरुलाई स्पष्ट पारेर जनतामा गई विकासको काम अघि बढाउनुपर्ने बताए ।

राजनीतिक परिवर्तनका लागि मात्रै नेपालको राजनीति रुमल्लिएको बताउँदै उनले अब कुरेर, धैर्य गरेर, जेल नेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दा पनि जनतालाई ‘डेलभरी ’ दिने राजनीतिमा अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?