व्यास २ काे चुनावी सम्पर्क कार्यलयकाे स्थापना

दमौली : नेपाली काङ्ग्रेस व्यास २ काे चुनावी सम्पर्क कार्यलयकाे उद्घाटन भएको छ । आइतबार गणेशमान चाेकमा सम्पर्क कार्यलयकाे उद्घाटन गर्दै काङ्ग्रेस नेता रामचन्द्र पाेख्रेलले गठवन्धन बाट उम्मेदवार बनेका गाेविन्द भट्टराई धैर्य र शालिनताका साथ निस्ठाकाे राजनीति गर्ने बिकास प्रेमि नेता भएको बताए ।

सनिवार देवघाटमा काङ्ग्रेसको कार्यक्रममा हजारौं जनताको उपस्थिति देख्दा पहिलाको भन्दा अझै धेरै मत फरकमा जित्ने बाताबरण बनेको पाेख्रेलकाे भनाइ थियो ।

अन्य दलका आयोजित उम्मेदवारलाई नभइ आफ्नै ठाउँका उम्मेदवारलाई जिताउन सक्यौं भने मात्रै भाेलिका दिनमा बिकास निर्माणका काममा सजिलो हुने र कामले गति लिने उनको भनाइ छ ।

तनहुँ जिल्लामा काङ्ग्रेसको उम्मेदवारलाई बिजयि गराइ पार्टीको बिरासत जाेगाउनुपर्ने पाेख्रेलले बताए । कार्यक्रममा नेकपा समाजवादीकि नेतृ कलिला खानले आफ्नाे पार्टीकाे केन्द्रबाट गठवन्धन का उम्मेदवार लाई जिताउन सर्कुलर अाएकाेले सबै किसिमका साथ सहयोग रहने बताइन् । गठवन्धनका उम्मेदवार लाई जिताउन गठवन्धनका सबै पार्टी पंक्ति सक्रिय भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादिका नेता रामचन्द्र सापकोटाले गठवन्धनकाे आबस्यकता महशुस केन्द्र देखि नैं भएको देखिएकोले माअाेवादिले सक्दो सहयोग गर्ने बताए । गठवन्धनबाट उठेका काङ्ग्रेस नेता गाेविन्द भट्टराईलाई जिताउन हाम्रो पार्टीको पुर्ण साथ र सहयोग रहने सापकोटाकाे भनाइ थियो ।

नेपाली काङ्ग्रेस व्यास २ का वडा सभापति टुकबहादुर हमालकाे सभापतित्वमा भएको सम्पर्क कार्यलय उद्घाटन कार्यक्रममा काङ्ग्रेस नगर सभापति सुर्यचन्द्र हड्खले , कल्पना पाेख्रेल , सरला श्रेष्ठ , कृष्ण सुनार लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?