
विवादित भएपछि मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार सच्चाएर परिपत्र जारी गरेको हो। विभागले ‘मावली थर’ राख्ने भनि व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ राख्न सकिने भनेको छ
विवाहअघि नै बच्चा जन्माएकी एकल महिला वा पतिको ठेगाना नखुलेको बच्चाको हकमा यस्तो व्यवस्था गरिएको हो। यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। सच्चाइएको परिपत्रमा बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ। यो भनेको आमकै थर राख्न पाउने विभागका निर्देशक नवराज जैसीले बताए।
यसअघिको परिपत्रमा ‘पितृत्वको ठेगान नभएको’ बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने भनिएको थियो भने विवाहअघि जन्म भएको तर ‘पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने भनिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?