रास्वपाले ३० गते दमौलीमा आमसभा गर्दै, रविले सम्बोधन गर्ने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीलेले तनहुँको व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा चुनावी आमसभा गर्ने भएको छ । रास्वपाले यहि चैत ३० गते आमसभा गर्न लागेको हो ।

वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि रास्वपाले व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा सभा गर्न लागेको जिल्ला सभापति विकास सिग्देलले जानकारी दिए ।

दुवै सभालाई पार्टीका सभापति रवि लामिछाने लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

रास्वपाबाट तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?