भावकु हुँदै सांसद श्रेष्ठले स्पष्टिकरण बुझाएर भने – ‘षड्यन्त्र भो’

काठमाडौं : रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टिकरण दिँदै आरोप इन्कार गरेका छन् ।

पार्टीले सोधेको २४ घण्टे स्पष्टिकरण दिदै सांसद श्रेष्ठले व्यवसायी प्रसाईसँग आफ्नो कुनै संवाद नभएको जिकिर गरेका हुन् ।

सार्वजनिक भएको अडियो आफ्नो नभएको भन्दै उनले यसलाई षड्यन्त्र भनेका छन् ।

‘मेरो नाम जोडिएर सार्वजनिक भएको षड्यन्त्रले मलाई मर्माहत बनाएको छ । स्पष्टिकरण पत्रलाई उधृत गर्दै छानविन समितिका एक सदस्यले भने, ‘पत्र आएको छ । पत्रका आधारमा छानविन रिर्पोट केन्द्रीय समितिलाई बुझाउँछौँ ।’

सांसद डा श्रेष्ठले आफ्नो राजनीतिक जीवनमा क्षति पुर्याउन पार्टीभित्रकै मान्छेहरुबाट षड्यन्त्रको आशंका गर्दै पत्रमा भनेका छन्, ‘अडियोको आधिकारिता जाँचका लागि अनुरोध गर्दछु । मेरो नाम जोडिएर अडियो सार्वजनिक भएपश्चात म आफैँ आश्चर्यचकित भएँ र मर्माहत छु । म माथि भएको षड्यन्त्रविरुद्ध निर्णय गरेर पार्टीले न्याय दिन्छ भन्नेमा पूर्ण विस्वस्त छु ।’

अब सांसद श्रेष्ठको स्पष्टिकरणका आधारमा अनुशासन समितिले दुई दिनभित्र छानबिन रिर्पोट दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?