आँबुखैरेनीमा बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

आँबुखैरेनी : बैशाख १० गते हुने उप–निर्वाचन तयारीका लागि लोकतान्त्रिक बाम गठबन्धनले आँबुखैरेनीमा सोमबार चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

तनहुँ क्षेत्र नं.१ का उम्मेदवार गोविन्द भट्टराई ज्युलाई जिताऊ अभियान अन्तर्गत गण्डकी प्रदेशका पुर्ब मन्त्री एवंम ने.क.पा.माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हरि बहादुर चुमानले सो बाम गठबन्धन चुनाब प्रचार प्रसार सम्पर्क कार्यालयको समुदघाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चुमानले तनहुँ क्षेत्र नं.१ का उम्मेदवार गोविन्द भट्टराई असल, सरल, बेदाग, हामी सबैलाई सजिलो मान्छे, अरुलाई असजिलो हुदा र अफ्ट्यारो पर्दा सहयोग गर्ने मान्छे देश र जिल्लाको विकासका लागि एक अति आवश्यक व्यक्ति भएको बताए ।

यो उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताउन सके सुस्ताएको विकास निर्माणले तिब्रता लिनेमा आफु विश्वस्त रहेको चुमानले प्रष्ट पार्नुभएको छ । यस्तै, उनले तनहुँ क्षेत्र नम्बर–१, का उम्मेदवार भट्टराईलाई जिताउन ढुक्क भएर रुखमा भोट हाल्न समेत सम्पूर्ण मतदाताहरुलाई आग्रह गरे ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिका तथा तनहुँ जिल्लाबासीलाई खानेपानी खुवाउने नेताको रुपमा परिचित तनहुँ क्षेत्र नम्बर–१, का उम्मेदवार भट्टराईले जिल्लाको विकासलाई राष्ट्रिय मुद्दा बनाउने महाअभियानमा सबैले साथ दिन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?