इजरायल जान आवेदन दिएका मध्ये परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य

इजरायल जानका लागि भन्दै अनलाइनबाट आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र स्वीकृत नभएको  खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत अर्थात नक्कली फेला परेको थियो ।

स्रोतका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका मध्ये  परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका थिए ।

‘परीक्षामा सहभागी आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुरा स्वघोषणा गरी निवेदन दिएका थिए,’ उनले भने,’तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्ध भएको स्रोतको दाबी छ ।

“संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागकाबाट” विश्लेषणसहितको प्रमाणीकरण ठीक भए मात्रै परीक्षामा सहभागी हुन् पाउने व्यवस्था रहेको थियो । विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थियो। वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको मध्ये परीक्षामा २ हजार ३९ जना मात्र  पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् । भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदारहरुलाई  छनोट गरिनेछ ।

छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ भने इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको मात्र छनोट हुनेछ ।

छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने  छ भने श्रमिकले खानाको खर्च आफैंले व्योहोर्नु पर्नेछ ।

शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । इजरायल सरकारले तोकिएका आयकर पनि तिर्नुपर्ने हुन्छ ।

इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्नेले तिर्नेछ। तर, बीमा शुल्क, हवाईभाडा र अन्य  अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था गरेको छ । इजरायलमा श्रमिक लैजाने गरी इजरायल र नेपाल सरकार बीच २०७७ माघ ८ मा समझदारी भएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?