अनुशासन समितिले बुझायो ढाकाकुमारले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सभापति रवि लामिछानेलाई आज बुझाएको हो ।

प्रारम्भिक बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बयान दिएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र उनीसँग फोन संवादसमेत नगरेकोसमेत जिकिर गरेका छन् ।

बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

सभापति लामिछानेले सांसद श्रेष्ठ जोडिएको अडियोबारे भोलि (बुधबार) निर्णय हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?