ढाकाकुमारबारे निर्णय गर्न रास्वपाको बैठक जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा जारी बैठकले अडियो प्रकरणमा मुछिएका पार्टीका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्नेछ ।

उनीबारे छानबिन गर्न गठित समितिले भने कारबाही गर्न सुझाव दिएको छ ।

गत आइतबार व्यवसायी दुर्गा प्रसाईंसँग ‘सांसद श्रेष्ठले दुई करोड मागेको’ अडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?