आगामी निर्वाचनमा ओलीलाई बाजा बजाएर सिंहदरबारमा भित्र्याउने छौ; केन्द्रीय अध्यक्ष किरण

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले आगामी निर्वचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाजा बजाएर सिंहदरबारमा भित्र्याउने दाबी गरेका छन् । यसमा युवा संघ नेपालका कार्यकर्ताहरुको ठूलो हात रहने र यसमा सहयोग गर्न सबै युवा संघ कार्यकर्तालाई आग्रह गरेको छ। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष पौडेलले भष्ट्राचार विझ्रोपन रोपण गर्ने पार्टी नै नेपाली कांग्रेस हो अहिले कांग्रेसको पछि लगेर अन्य पार्टी तथा दलहरुले नेपालमा भष्ट्राचार गरिरहेकोमा युवा संघका कार्यकर्ताहरुलाई यस्तो कार्यमा नलाग्न अनुरोध गरे ।

“ युवाको शिक्षा , स्वाथ्य र रोजगारको विषयमा हामी विशेष प्राथमिकता दिने काम पनि एमालको अध्यक्ष केपी ओली को पालमा भएको यसको थालनी भएपनि दल्लाल र विचौलियाहरुले काम गर्न नदिएको “उनले भने । युवाहरुलाई आफनो प्रमाण पत्र दितो राखेर व्यवसाय सञ्चालन गर्न सक्ने काम पनि ओलीकै पालमा भए पनि अहिले यसको काम अगाडि बढाउने नसकेको प्रति दुखेसो पोखे ।

राष्ट्रिय युवा संघ नेपाल व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको सभ्पतित्वामा भएको उक्त भेलामा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने , गण्डकी प्रदेश सभाका सदस्य राम बहदुर गुरुङ ,केन्द्रीय उपमहासचिव रामजी सापकोटा , केन्द्रीय सदस्य एवं जिल्ला संयोजक उज्वल खनाल, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ, तनहुँ काठमान्डौ सम्पर्क समाज का अध्यक्ष हरि बहादुर पाण्डे, केन्द्रीय उपध्क्ष्य प्रदेश एवं इन्चार्ज सन्तोष रावल, लगयातको उपस्थिति रहेको थियो ।

उक्त भेलालाई नगर इन्चार्ज मदन तिमिल्सेनाले सम्पूर्ण आगन्तुक कार्यकर्तालाई स्वागत मन्तब्य दिई  स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?