जनवरीमा भएको कुरा पार्टीलाई हराउन अहिले ल्याइयो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं : रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको कुराकानी अहिले ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ अडियो बाहिर ल्याइएको बताए ।

आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका थिए ।

उनले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?