
काठमाडौं : नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।
नेपालगञ्जमा भएको महाधिवेशनबाट थेबे सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै, महासचिवमा सुमन पुरी निर्वाचित भएका छन् ।
यस्तै, उपमहासचिवमा महेन्द्र गुरुङ, राजन थापा चयन भएका छन् ।
सचिवमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?