काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताएका छन्।
नयाँ वर्ष २०८० को अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं।’
परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्। साथै उनले यो वर्ष भरोषा र आशाको वर्ष हुने विश्वास पनि व्यक्त गरेका छन्।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?