
काठमाडौं : संस्कृतिविद् स्वर्गिय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ।
शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।
राधादेवीलेसत्यमोहनसँग ८४ वर्ष सहयात्रा गरेकी थिइन्।
आठ महिना अघि मात्र सत्यमोहनको १०४ वर्षको उमेरमा निधन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?