यसपालि तनहुँको भविष्य स्वर्णिम अक्षरले कोर्नुपर्छ : दीपकराज जाेशी

दमाैली :  नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्द राज जोशीका छोरा दीपकराज जाेशीले तनहुँकाे भविष्य स्वर्णिम अक्षरले लेख्ने अवसर आएकाे बताएका छन् ।

शनिबार समााजिक सञ्जालमा स्थानीय तह निर्वाचनका बेला आक्रमणमा परेकाे तस्वीर शेयर गर्दै जाेशीले अब आउने पुस्तालाई सुरक्षा, सुशासन, आत्मनिर्भरता र आफ्नै समाजमा गर्व गरेर बस्न लायक बनाउने अवसर आएकाे उल्लेख गरे ।

उनले यस्तो भनेका छन् :

हामीले शुरू गरेको बिद्रोहको आगो आज देशै भरी फैलिएको छ। साथी हरु, समाज द्रोही, देस द्रोही हुनु भन्दा विद्रोही बन्नु धेरै राम्रो हुन्छ।
महामानव विपी कोइरालाले बनाएको नेपाली कांग्रेस पार्टीमा आज मानवहरु कहीं कतै देखिदैन, यहाँ त केबल दानब हरु छन्। उनीहरूलेनै सेवाको नाममा शासन गर्दै हामीलाई शोषण गर्दै आई रहेका छन्।
तपाईहरु सबैलाई थाहै छ गएको स्थानीय चुनावमा व्यास-८ (अहिलेका राष्ट्रपती रामचन्द्र पाैडेलको गाउँ) रिस्तीको बुथमा मलाई हमला गरेर मार्ने षड्यन्त्र गरियो । मेरो टाउको मा ८ वटा टाका लगाइएको थियो। म अहिले पनि उपचार गराई रहेको छू। त्यति बेला यो जिल्लाको कांग्रेसहरु र मेरो बुवाका साथी हरूले मानवीयता देखाएनन्। सायद उहाँहरुसँग मानवीयता थिएन होला।
एउटा कुरा विचार गर्नु होला मानवीयता बिनाको राजनीतिले देशलाई समृद्धि दिन सक्दैन।
त्यति मात्र कहाँ हो र TV मा दीपक राज जोशी लाई गोली हान्न पर्ने थियो लठ्ठी मात्र हानेछ भन्ने पात्र राम चन्द्र पौडेल लाई देशको राष्ट्रपती बनाइयो भनेर खुसि हुदै उत्सव मनाउने हरुकाे फेसवुक पोस्टहरु अहिले पनि मेरो मानसपटल बाट गएको छैन्।
७४ वर्षीय मेरी आमाको कोख रित्याउन लाग्दा खुसी भएर उत्सव मनाउनेहरु लाई पापको प्रयाश्चित गर्ने मौका तनहुँ १ लाई मिलेको छ। येस्तो मौका पटक पटक आउदैन।
यो लडाइ देश विकास गर्नको लागि मात्रै होइन। यो लडाइ अब आउने पुस्तालाई सुरक्षा , सुशासन, आत्मनिर्भरता र आफ्नै समाजमा गर्व गरेर बस्न लायक वनाउने लडाई हो।
त्यसैले तनहुँ बासीले यस पालि तनहुँको भविस्य स्वर्णीम अक्षरले कोर्नु हूने छ।
साथि हरु, यो वेद व्यासको भूमि हो, यो पराशर भूमि हो। वेद व्यास जसले माहाभारत लेखे । आज यो देश विषम परीस्थितीबाट गुजि्ररहेको छ। महाभारतमा पाण्डव हरुकाे जीत भए जस्तै यसपालि तनहुँमा सत्यको जीत हूने छ।
आउनुहोस् सबै मिलेर यो महायज्ञमा एकपटक चर्को ध्वनि निकालौ जुन ध्वनी नेपाल भरी र अब आउने पुस्ताको कानमा सदैव गुन्जी रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?