तमु ह्युल गुरुङ व्यास नगर इकाई समितिको अध्यक्षमा देउराज

दमौली :  तमु ह्युल गुरुङ राष्ट्रिय परिषद व्यास नगर इकाई समितिको अध्यक्षमा देउराज गुरुङ चयन भएका छन्। दमौलीमा शनिवार भएको चौथो अधिवेशनबाट गुरुङ अध्यक्ष नयाँ कार्य समिति चयन भएको हो  ।

उपाध्यक्षमा श्रवण कुमार तमु, सचिवमा गोपाल तमु , सहसचिवमा मिना तमुस्यो र कोषाध्यक्षमा बिन्दु तमुस्यो चयन भएका छन्  ।

सदस्यहरुमा सम्झना तमुस्यो,पदम तमु, गुना तमुसयो,मेनिका तमुस्यो भएका छन् ।

कार्यक्रममा तमु ह्युल केन्द्रिय सदस्य रक बहादुर तमु , व्यास -४ का वडाध्यक्ष मन बहादुर गुरुङ,  जिल्ला अध्यक्ष सु.देब बहादुर तमु , तमुस्योह्युल छोज धि केन्द्रीय सदस्य सबिना तमुस्यो, नेपाल तमु (गुरुङ ) विद्यार्थी छोज धी जिल्ला अध्यक्ष मिलन तमु, तमु पेल्हु संघ जिल्ला अध्यक्ष हस्त वीर तमु , तमुस्योह्युल तनहुँका अध्यक्ष सुक माया तमुस्यो , नगर इकाई पुर्ब अध्यक्ष गगा देबि तमुस्यो लगायत  उपस्थिति रहेको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?