काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।
सरकारले सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति मागेको थियो ।
आज राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?