दमौली : तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२, कोलडाँडामा करेण्ट लागेर दुई जना शिक्षक घाइते भएका छन् ।
स्थानीय पार्वती आधारभुत विद्यालयका शिक्षकहरु विद्यालय छुट्टि भई ग १३ प ७०९ नं को मोटरसाईकलमा घर फर्कने क्रममा सडक छेउ लत्रिएको थ्रीफेजको लाइनमा छुन गई करेन्ट लागी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७, कर्पुटारका ५० बर्षका तिर्थ घिमिरे र पछाडी सवार बझाङ जिल्ला तल्लोकोट गाउँपालिका–२ घर भएका २७ बर्षका जीवन रोकाया रहेका छन् ।
दुवै जना शिक्षक भखैरै मात्र पार्वती प्राथमिक बिधालयमा नियुक्ति हुन आएका थिए । प्रहरीका अनुसार दुवै जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।
घट्नाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?