ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निवास बालकोट जाँदैछन् ।

ज्वरोका कारण घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका ओलीलाई भेट्न आज प्रचण्ड बालकोट जान लागेका हुन् ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयक अगाडि बढाउने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?