मेरो ड्राइभर छतबाट खसेको घटनालाई राजनीतिकरण नगरिदिनुहोला: रवि लामिछाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- आज बिहान  प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छत बाट खसेर दुर्घटनामा पर्नु भयो। सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ।”

 

” बिहानैदेखि निरन्तर र भर्खरै पनि  मैले चिकित्सकसँग  परामर्श गरेअनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ।” : रविले भने

यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?