राष्ट्रपति पौडेललाई श्री एयरको विमानबाट भारत लगिँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ।

अहिले बिहान साढे ९ बजे श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) लैजान लागिएको हो । राष्ट्रपति पौडेलको छाती समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

“उहाँले यसअघि पनि सोही अस्पतालमा चेक गराइरहनुभएको हुँदा र अहिले सोही समस्या लगातार देखिएपछि भारत र नेपालका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको हो,” प्रेस सल्लाहकार किरण पोखरेलले भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?