त्रिभुवन विश्वविद्यालयको परीक्षा सर्‍यो

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले वैशाख १० गतेका लागि तय भएको परीक्षाको मिति सारेको छ ।

बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचनामार्फत वैशाख १० गतेका लागि तय गरिएको परीक्षा वैशाख १६ गते हुने जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार वैशाख १० गते उपनिर्वाचन हुने भएकाले सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?