आजदेखि उपनिर्वाचनको मौन अवधि

दमौली : वैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि गएराति १२ बजेदेखि मौन अवधि लागु भएको छ । मौन अवधि मतदान नसकिँदासम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न, मत माग्न, सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारलाई मत माग्न नपाइने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ? 

-मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

– मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

यस अवधिमा कुनै पनि उम्मेदवारको हार वा जितको पूर्वानुमान समाचार माध्यममा प्रकाशन पनि गर्न नपाइने व्यवस्था छ । आगामी आइतवार चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?