मतदानको निर्धारित समय सकियो, लाइनमा रहेकाले मत हाल्न पाउने

काठमाडौं : उपनिर्वाचनअन्तर्गत आइतबार तीन क्षेत्रमा भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो ।

मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाताहरू लाइनमा नै छ । ५ बजेअघि अघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

आज चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो ।

निर्वाचन सकिएसँगै आजैबाट मतगणना सुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको परिणाम आउन पनि ढिलाइ नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?