
काठमाडौं : हिजो दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने चार सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?