उपनिर्वाचनबाट चुनिएका सांसदहरुको शपथ ग्रहण आज

काठमाडौं : वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित सांसद (प्रतिनिधि सभा सदस्य)हरुले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

नवनिर्वाचित सांसदहरु रवि लामिछाने, उपेन्द्र यादव र स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११:३० बजे शपथ ग्रहण गराउने कार्यक्रम छ। नवनिर्वाचित सांसदहरुलाई संघीय संसद् सचिवालय सिंहदरबार, कानुन समितिको सभा हलमा शपथ ग्रहण गराइने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहणपछि संसद्‌को लोगो समेत प्रदान गरिनेछ।

वैशाख १० गते भएको उपनिर्वाचनअन्तर्गत बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चिवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?