
नेपाल सरकार र इजरायल सरकार बीच भएको श्रम सझौता अनुसार रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये एक हजार ६०० जनाको नाम सिफारिस भएको छ ।
वैदेशिक रोजगार विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।
विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको छ ।
नेपालस्थित इजरायल दुतावास (PIBA) Population Immigration And Border Authority of Israel मा छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।
इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?