दमौली :”आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं “ भन्ने नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास एकाइद्वारा सरसफाइ कार्यक्रम आयोजन गरेको छ ।
परिषदको मासिक अन्तर्गत शनिवार व्यास -३ स्थित शिवपाञ्चायन मन्दिर क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम आयोजन गरेको हो ।
व्यास नगरपालिका वडा-३ का वडा अध्यक्ष अनुप रानाले परिषद्को कार्यक्रम धेरै उत्कृष्ट र प्रशंसनीय कार्य रहेको बताउदै यो सस्थालाई आफुले सकेको आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
स्थानीय तहले गर्नुपर्ने काम प्राज्ञिक परिषद्ले गरेर समाजमा उदहारणीय र अनुकरणीय कार्य गरेको भन्दै वडाअध्यक्ष अनुप रानाले विधार्थीमा ज्ञान,शील र एकता अाजको प्रमुख अाबश्यक्ता भएको बताए ।
कार्यक्रममा ब्यासका अध्येता काशीनाथ न्यौपानेले मानवले बाहिरी देखावटी ज्ञानले मात्र नभै भित्र मन सफा राख्न जरुरी भएको बताए । बेदानुयायी प्रतिष्ठानका संरक्षक गोविन्द बाबाले विश्व ब्रमाण्डमा शान्तिकालागि अहिंसा र परोपकारी कार्य नै मानवको सर्बोउतकृष्ठ कार्य भएको बताए ।
समाजसेवी डा,रघुनाथ न्यौपानेले परिषद्ले बैज्ञानिक र समय सान्दर्भिक सामाजिक कार्य गरेको भन्दै खुसी प्रकट गरे।
परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडाले असल व्यक्तिको निर्माणको माध्यम द्वारा राष्ट्रको पुननिर्माण गर्ने गर्ने सकिने भन्दै विद्यार्थीको सकारात्मक परिवर्तन गर्नका लागि परिषद्ले देश भरि यस्तो सामाजिक एवं सेवाको कार्य गर्दै आएको बताए । साथै नेपालमा दलीय राजनीतिभन्दा माथी रहेर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयमा कार्य गर्ने एक स्वतन्त्र विद्यार्थी सङ्गठन रुपमा देशको ७७ वटै जिल्ला कार्य गरिरहेको समेत जानकरी दिए ।
उक्त कार्यक्रममा परिषदका व्यास नगर इकाई समितिका अध्यक्ष मनोज रानाभाट, नगर समिति संयोजक भाग्यशाली ढुङ्गाना , टोल विकास समिति, शिवपाञ्चायन समिति, सामाजिक कार्यकर्ता, बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?