
मकवानपुर : मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–७, हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो पौडी खेल्ने क्रममा पोखरीमा डुबेकी बालिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवनमा पठाइएको थियो ।
बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?