सत्यवती माविको प्रधानाध्यापकमा भट्टराई नियुक्ति

दमौली : तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुष्पकला भट्टराई नियुक्त भएकी छन् ।

शिक्षक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले आइतबार प्रअमा नियुक्त गरेको हो ।

यसअघिका प्रधानाध्यापक एक्काबहादुर गुरुङको कार्यकाल सकिएपछि भट्टराईले प्रअको जिम्मेवारी दिएका हुन् ।

भट्टराई लामो समय देखी सत्यवती मै रहेको थिईन  । प्रधानाध्यापकमा नियुक्त भएका भट्टराईलाई विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा जोडदिने बताइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?