
दमौली : व्यास नगरपालिकाले व्यास १० दुम्सीमा पिसिआर प्रयोगशाला सञ्चालन आएसगै दैनिक रुपमा स्वाब सङ्कलन गर्न थालेको छ । यस अघि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य गर्दै प्रयोगशालबाट परीक्षण शुरु भएको हो ।
उक्त प्रयोगशाला नगरपालिकाले गत असोज ७ गते समुद्घाटन गर्दै प्रयोगमा ल्याईएको हो । अब PCR परिक्षणको लागि आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः३० देखि १२ बजेसम्म स्वाब सङ्कलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले दमौली आनलाईनलाई जानकारी दिए । असोज ७ गतेबाट ३७ जनाको स्वाब परीक्षण गरिएको सोतीले बताए ।“दैनिक डेड घण्टाको अवधिमा स्वाब सङ्कलन गरी परीक्षण गर्ने व्यवस्था मिलाएका छ भने “सोही दिन पाँच बजेभित्र परीक्षणको रिपोर्ट उपलब्ध हुने जानकरी दिए ।” उनका अनुसार प्रयोगशालाबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?