धादिङ : धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएको छ ।
पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द भएको हो ।
वर्षापछि गणेशखोलामाथिको पुल भासिएको हो । त्यससँगै सोमबार दिउँसोदेखि राजमार्ग बन्द भएको छ ।
राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?