राजमार्ग अवरुद्ध हुँदा यात्रुको विचल्ली

धादिङ : धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल भासिएर यातायात ठप्प हुँदा धार्के र धार्के आसपासका बजारमा यात्रुको विचल्ली भएको छ ।

धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको भाग भासिँदा दुवै तर्फ यातायात ठप्प छ ।

यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले सास्ती पाएका हुन् । नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीका अनुसार पुलको संरचनामा कुनै क्षति भएको छैन।

भासिएको स्थामा ग्यावीन जाली हालेर बाटो खुलाउने प्रयास जारी छ तर तत्काल बाटो खुल्ने सम्भावना भने रहेको छैन । प्रहरीले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाण्डौँ तर्फ जानेले ५ किला-फोगटपुर-बाइरोड सडक, जुङ्गेखोला-बाइरोड, सातकिला-बाइरोड, आठकिला-चिउरीपार्टि हुँदै धार्के र काठमाण्डौँबाट गल्छि तर्फ जानेले धार्के बाट केवलपुरको बाटो प्रयोग गर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?